१६ असार २०८३, मंगलबार

एमाले अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता (तस्वीरहरूसहित)

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

ओली देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।

उनीहरूबीच समसामयिक राजनीति, मुलुकको वर्तमान अवस्था तथा आपसी सहकार्यका विषयमा छलफल भएको बुझिएको छ। भेटमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पनि सहभागी थिए ।

गत साता सम्पन्न महाधिवेशनपछि तेस्रो पटक पार्टी नेतृत्वमा आएका ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । संसद् पुनःस्थापनाको मुद्दामा कांग्रेस र एमाले एकै धारमा उभिएका छन्।