३० आश्विन २०८३, शुक्रबार

ऋण नर्तिन ज्वाईँले गरे जेठान र अर्का एकजनाको हत्या

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पत्नीलाई जापान पठाउन लिएको ऋण फिर्ता गर्न नसकेपछि दुई जनाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ शेरेफाँटमा मंसिर २३ गते सिन्धुलीका केशवराज हायुको हत्या भएपछि अनुसन्धान थालेको प्रहरीले भोलिपल्टै लाकुरीभञ्ज्याङमा अर्को युवक मृत फेला परेको घटनालाई समेत जोडेर अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानबाट दुवै हत्या एउटै समूह र एउटै कारणले भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

मंसिर २४ गते भोजपुर घर भई ललितपुरको लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार दुवै हत्या ऋण विवादकै कारण गरिएको हो।

प्रहरी अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार हायुका बहिनी ज्वाइँ देवराज ढुंगेलले साथी जयराम अधिकारीसँग मिलेर हत्या गरेका हुन्। ढुंगेलले पत्नीलाई जापान पठाउन लिएको ऋण तिर्न नसकेपछि ऋण दिनेहरूलाई लक्षित गरी हत्या गरेको प्रारम्भिक बयान दिएका छन्।

दुवै घटनामा धारिलो हतियार प्रयोग भएको र हत्या भएका स्थानहरू नजिकै रहेको प्रहरीले जनाएको छ।