काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाज लगायतको संयुक्त बैठक बोलाएकी छन् ।
प्रधाानमन्त्री कार्कीले आज (सोमबार) दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएकी हुन् ।
निर्वाचन तयारीबारे छललफल गर्नका लागि बैठक बोलाइएको हो ।
बैठकमा नागरिक समाजका अगुवाहरूलाई पर्यवेक्षकका रूपमा बोलाइएको छ ।
निर्वाचन तयारीका सम्बन्धमा ब्रिफिङ र छलफल बैठकको प्रमुख विषय रहेको छ ।








प्रतिक्रिया