३१ जेष्ठ २०८३, आइतबार

कार्की सरकारसँग असन्तुष्ट मिराज समूह आजबाट प्रदर्शनमा उत्रिँदै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी मिराज ढुंगाना समूहले आजबाट आजबाट विरोध प्रदर्शन गर्दैछ ।

ढुंगाना समूहले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने जनाएको हो ।

सरकारसँग असन्तुष्ट ढुंगाना समूहले बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने छ । आफैंले बनाएको सरकारले जेनजीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका हुन् ।

वर्तमान सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको मर्म नबोकेको उनको भनाइ छ ।