१६ असार २०८३, मंगलबार

जाँचबुझ आयोगलाई बयान दिँन्न बरू गोली ठोके हुन्छ : केपी शर्मा ओली

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगसमक्ष उपस्थित भएर बयान नदिने स्पष्ट अडान सार्वजनिक गरेका छन्।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आयोगले बयान लिने तयारी गरिरहेको चर्चा चलिरहेका बेला ओलीले आफू त्यस प्रक्रियामा सहभागी नहुने बताएका हुन्। एमालेको अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि पहिलोपटक हिमालय टिभीको ‘यक्ष प्रश्न’ कार्यक्रममा पत्रकार निमेष बन्जाडेसँग कुरा गर्दै उनले आफूलाई जबर्जस्ती बयान दिन लगाइए त्यसको प्रतिवाद गर्ने संकेत गरे।

सरकार पक्षबाट ‘बयान नदिए जबर्जस्ती उपस्थित गराइन्छ’ भन्ने अभिव्यक्ति आएको भन्ने प्रश्नमा ओलीले कडा प्रतिक्रिया दिँदै भने, “त्यसो हो भने गोली चलाएरै भए पनि ल्याउनुपर्ला भन्ने सोच होला। यत्रो अपराध गरेको ठहर गरेर पनि बयान नदिने हो भने हान्न पनि सक्छन्। राज्यसँग बन्दुक छ, जेल छ।”

उनले आयोगका सदस्यहरू बयानका नाममा आफ्नै निवासमा आए पनि औपचारिक बयान नदिइने बताए। “घरमा आए भने सत्कार गरेर पठाइदिन्छु, तर बयान भने दिँदिनँ,” उनले स्पष्ट पारे।

आयोगले निष्कर्ष निकालिसकेपछि पुनः जाँचका नाममा बयान माग्नुको औचित्य नभएको ओलीको भनाइ छ। “नतिजा आइसकेपछि फेरि जाँच किनरु बयान दिनु बाध्यता होइन,” उनले भने।

यद्यपि, आयोगसँग संवाद पूर्ण रूपमा बन्द गर्ने मनसाय भने नरहेको स्पष्ट पार्दै ओलीले भने, “कुराकानी हुन सक्छ, छलफल हुन सक्छ। तर बयान दिनु मेरो स्वेच्छाको विषय हो।”