२९ आश्विन २०८३, बिहिबार

टी–२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी मेन्स टी–२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक टोलीको घोषणा गरेको छ । क्यानले आइतबार विश्वकप छनोटका लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

२४ सदस्यीय प्रारम्भिक टोलीमा शेर मल्ल, विनोद भण्डारी, इसान पाण्डे, रुपेश सिंह, अविनास बोहोराले पनि स्थान बनाएका छन् । विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । विश्वकपका लागि तयारी क्याम्प भोलि सोमबारदेखि सुरु हुनेछ ।

नेपाल बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेको समुहमा रहेको छ । नेपालले आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग खेल्ने तालिका छ ।

विश्वकपमा सहभागी २० टोलीलाई ४ समुहमा विभाजन गरिएको छ । हरेक समुहका शीर्ष २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन् । सुपर ८ बाट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल मार्च ८ मा हुनेछ ।

प्रारम्भिक टोलीः
रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनास बोहोरा, प्रतिश जि.सी, रुपेश सिंह ।