३० असार २०८३, मंगलबार

भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कपको उपाधि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाकिस्तानले एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १९१ रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो ।

पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमा अलआउट भयो ।

त्यसअघि ओपनर समीर मिनहासले शानदार शतकसहित १७२ रन बनाएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको थियो ।

समीरले ११३ बलमा १७ चौका र ९ छक्कासहित १७२ रन बनाए । अहमद हुसेनले ५६ रन बनाए । भारतका लागि दीपेश देवेन्द्रनले ४ विकेट लिए । हेनिल पटेल र खिलान पटेलले २–२ तथा कनिष्क चौहानले १ विकेट लिए ।

समूह चरणमा भएको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । त्यसको बदला पाकिस्तानले फाइनलमा लिएको छ । नेपाली टोली भने यस प्रतियोगितामा समूह चरणमा ३ वटै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।