२४ जेष्ठ २०८३, आइतबार

मुक्तिनाथ कृषि कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद साधारण शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड ६० लाख रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण शेयरको १ : ०.६ (अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.६ कित्ता साधारण शेयर)को अनुपातमा ४५ करोड ३६ लाख रुपैयाँ बराबरको प्रति शेयर १०० अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बिहीबार मुक्तिनाथ कृषि कम्पनीको कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष घिमिरेले हस्ताक्षर गरेका छन् ।

मुक्तिनाथ कृषि कम्पनीले नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागि कृषक र उपभोक्ताहरुलाई जोड्न संस्थागत मूल्य श्रृंखला व्यवस्थापकको रुपमा कार्यरत अग्रणी कम्पनी हो । कम्पनीले कृषकहरुको लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगहरुको विकास र उपभोक्ताहरुलाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादनहरु उपलब्ध गराउनेसम्बन्धी व्यवसाय गरिरहेको छ ।