२९ आश्विन २०८३, बिहिबार

झरीपछिको इन्द्रेणी’ को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक भएको छ ।

हलमा प्रदर्शरत सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सिनेमाप्रति अझै दर्शकको आकर्षण बढाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो ।

यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट र गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ । यो गीतले सिनेमाप्रति दर्शकको आकर्षण उत्र्कषमा पु¥याउने विश्वास निर्माण टिमको छ ।

शुक्रबार सिनेमा रिलिज भएसँगै सिनेमाका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ सहित कलाकारहरु गणेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाल, लेखक गणेश कार्की काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइसकेका छन् । दर्शकले सिनेमा उत्कृष्ट बनेको भन्दै नेपालको हालको अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेका प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।