जनकपुर । मधेश प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि नेकपा (एमाले)का त्रिलोकी प्रसादले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
उनको प्रस्तावमा शारदादेवी थापा रहेकी छन् भने समर्थकमा जयचन्द्रप्रसाद पटेल रहेका छन् । यसअघि जसपाका रामअशिष यादवले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
सभामुख पदका लागि जम्मा दुई जनाको उम्मेदवारी परेको छ ।
भोलि १ बजे बस्ने प्रदेश सभाको बैठकमा सभामुख पदको लागि निर्वाचन हुनेछ ।









प्रतिक्रिया