४ श्रावण २०८३, सोमबार

फाइनलको निम्ति उत्साहित छौँ : कप्तान अनिता

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साफ क्लब महिला च्याम्पियनसिपको घरेलु टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबकी कप्तान अनिता बस्नेतले टिम फाइनलको निम्ति उत्साहित रहेको बताएकी छन् ।

कप्तान अनिताले शुक्रबार फाइनलको पूर्वसन्ध्यामा आयोजित प्रि–म्याच कन्फरेन्समा प्रतियोगिताबाट खेलाडीहरूले ठूलो अवसर पाएको जनाउँदै फाइनलको निम्ति उत्साहित रहेको बताएकी हुन् ।

“हामी क्लबसँगै राष्ट्रको प्रतिनिधित्व गरिरहेका छौँ । नेपालले दशरथ रंगशालामा भएका फाइनलमा धेरैपटक पराजय व्यहोरिसकेको छ । त्यसैले हामी उपाधि जित्न निकै उत्साहित छौँ । खेलाडीको निम्ति पनि यो एउटा अवसर हो । यहाँ खेलिरहेका खेलाडीहरूलाई धेरैले नियालिरहेका छन् । प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सके खेलाडीहरूलाई अरु क्लबबाट अवसर आउन सक्छ,” कप्तान बस्नेतले भनिन् ।

एपीएफले उपाधिको लागि शनिबार भारतीय क्लब इस्ट बंगालसँग प्रतिस्पर्धा गर्ने तालिका छ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः०० बजे हुनेछ ।

एपीएफले यसअघि तालिकाको दोस्रो शीर्ष टोलीको रूपमा फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको लिग चरणमा कुल चार खेल खेलेको एपीएफले समान दुई जित र बराबरीसहित ८ अंक जोडेको थियो ।