१३ असार २०८३, शनिबार

देशलाई गरेको अन्याय अगाडी मलाई केही होइन, सबैको हिसाब गर्नु छ : रवि लामिछाने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला अदालत रुपन्देहीबाट रिहा भएपछि रास्वपा सभापति रवि लामिछानेले आफूले अझै न्याय नपाएको बताएका छन्।

समर्थकहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले साथ, विश्वास र समर्थनप्रति आभार व्यक्त गरे। लामिछानेले देशमाथि भइरहेको अन्यायको तुलनामा आफूलाई भएको अन्याय सानो रहेको टिप्पणी गर्दै सबैको हिसाब गर्ने समय आउँदै गरेको संकेत गरे ।

अहिलेका नेताहरूले देशलाई गरिरहेको अन्यायको तुलनामा आफूलाई गरेको अन्याय ठूलो नभएको टिप्पणी उनको छ ।

उनले भने, ‘यिनीहरूले यो देशलाई जति अन्याय गरेका छन्, त्यसको अगाडि मलाई गरेको अन्याय केही पनि होइन । यो सबैको हिसाब गर्नु छ । हिसाब मिलाएपछि लामो बोलौँला । हिसाब मिलाउन बाँकी नै छ । न्याय पाउन बाँकी छ । मैले धेरै बोल्न बाँकी छ । सबैलाई यो माया, साथ विश्वास र अनवरत सद्भावका लागि धेरै धेरै धन्यवाद छ । मैले धेरै बोल्ने दिन आउँदै छ ।’