२५ जेष्ठ २०८३, सोमबार

हरेक महिना २०० जनासम्मको नागरिकता रद्द गर्दै ट्रम्प प्रशासन, यस्तो छ कारण

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्रम्प प्रशासनले प्रत्येक महिना १०० देखि २०० जनासम्मलाई देश निकाला गर्ने तयारी थालेको छ । यो कदमबाट लाखौँ ‘प्राकृतिक नागरिकता’ (अरू देशमा जन्मेर पछि अमेरिकाको नागरिकता लिएकाहरू)को नागरिकता रद्द हुने खतरा बढेको बताइएको छ ।

यो निर्णयले मानिसहरूमा डरको वातावरण बनेको छ । विशेष गरी एशियाली मूलका मानिस यसबारे बढी चिन्तित रहेको न्युयोर्क टाइम्सले लेखेको छ ।

समाचारअनुसार ट्रम्पको यो प्रावधानले अवैध आप्रवासीलाई कारबाही गर्नुका साथै ‘प्राकृतिक नागरिक’को नागरिकता प िनखोस्नेछ ।

ट्रम्प प्रशासनले आप्रवासन अधिकारीहरूलाई जारी गरेको आन्तरिक निर्देशन

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा विभागका अधिकारीलाई आन्तरिक निर्देशन जारी गरिएको छ । निर्देशनमा प्रत्येक महिना १०० देखि २०० प्राकृतिक नागरिकता भएका व्यक्तिको नागरिकता रद्द गर्न भनिएको छ ।

अमेरिकाको संघीय कानुनमा प्राकृतिक यस्तो प्रकृतिको नागरिकता खोस्ने प्रावधान छ । नागरिकताका लागि आवेदन दिँदा वा अन्य कुनै अवस्थामा जालसाझी वा कुनै गडबडी भेटिएमा प्राकृतिक नागरिकता खोसिन्छ ।

ट्रम्प प्रशासनले यिनै प्रावधानलाई आधार बनाएर ठूलो संख्यामा मानिसको नागरिकता खोस्न सक्ने अनुमान गरिएको छ । यसबाट जानाजान आफ्नो नागरिकता आवेदनमा कुनै गल्ती भएको भए छ भने ती व्यक्ति पनि अब ट्रम्प प्रशासनको निसानामा आउनेछन् ।

के हो प्राकृतिक नागरिकता ?
अमेरिकामा प्राकृतिक नागरिकताको प्रावधान छ । अमेरिकामा जन्म नलिएको र निश्चित कानुनी प्रक्रियाबाट अमेरिकी नागरिक बनेकालाई प्राकृतिक नागरिक भनिन्छ । यी नागरिकलाई पनि अन्य नागरिकजस्तै सबै अधिकार प्राप्त छन् ।

न्युयोर्क टाइम्सको रिपोर्टमा जनगणना ब्युरोको हवाला दिँदै देशमा करिब २.६ करोड प्राकृतिक नागरिकता रहेको उल्लेख छ । गत वर्ष मात्र आठ लाखभन्दा बढी व्यक्तिले अमेरिकी प्राकृतिक नागरिकता प्राप्त गरेका थिए । तिनीहरूमा अधिकांश भारत, मेक्सिको, फिलिपिन्स र भियतनामका बासिन्दा थिए ।

कस्ता व्यक्तिको नागरिकतामा खतरा ?
ट्रम्प प्रशासनले भनेको छ, “हामी ती व्यक्तिहरूविरुद्ध नागरिकता रद्द गर्ने कारबाही गर्नेछौं, जसले नागरिकता प्रक्रियामा झुट बोलेका छन् वा आफूलाई गलत तरिकाले प्रस्तुत गरेका छन् । हामी अमेरिकाको आप्रवासन प्रणालीमा इमानदारी कायम गर्न न्याय विभागसँग सहकार्य जारी राख्नेछौँ ।”

यूएससीआईएसका पूर्वअधिकारीले ट्रम्प प्रशासनको नयाँ निर्देशनमाथि चिन्ता व्यक्त गरेका छन् ।

यूएससीआईएसकी पूर्वअधिकारी सारा पियर्सले भनेकी छिन्, “नागरिकता रद्द गर्ने मुद्दामा मनोमानी लक्ष्य थोपर्दा नागरिकता रद्द प्रक्रिया राजनीतिकरण हुने खतरा छ । यसले लाखौँ प्राकृतिक अमेरिकी नागरिकमा अनावश्यक डर र अनिश्चितता बढाउँछ ।”