१६ असार २०८३, मंगलबार

एमाले पुस्तान्तरण बहसभन्दा काममा विश्वास गर्छ : केपी शर्मा ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुस्तान्तरणको बहसभन्दा कार्यसम्पादनलाई प्राथमिकता दिने स्पष्ट पारेका छन्।

११ औँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमालेको नेतृत्व संरचना सन्तुलित र समावेशी रहेको बताए।

ओलीका अनुसार केन्द्रीय कमिटीमा अनुभवी नेतासँगै नयाँ पुस्ताको उल्लेखनीय सहभागिता छ। महिलाको उपस्थितिलाई पनि सकारात्मक उल्लेख गर्दै उनले ७७ वर्षे इतिहास बोकेको पार्टीमा जेनजी पुस्ताको प्रतिनिधित्व महत्वपूर्ण उपलब्धि भएको बताए।

उनले कामकै आधारमा पार्टीको पुस्तागत निरन्तरता देखिएको दाबी गरे।