काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेर देश छाड्न बाध्य बनाउने विद्यार्थी नेता उस्मान हादीको हत्या भएको छ ।
उस्मान हादी शेख हसिनाविरुद्ध जुलाई सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका प्रमुख नेताहरूमध्ये एक थिए। उनलाई यही १२ डिसेम्बरमा चुनाव प्रचारका क्रममा टाउकोमा गोली हानिएको थियो।
उनलाई उपचारका लागि सिंगापुर लगिएकोमा त्यसको ६ दिनपछि बिहीबार मृत्यु भएको हो । उनको मृत्यु भएपछि बंगलादेशमा फेरि हिंसा भड्किएको छ ।
प्रदर्शनकारीले विभिन्न स्थानमा तोडफोड, आगजनी साथै पूर्वराष्ट्रपति शेख मुजिबुर रहमानको निवास पनि तोडफोड गरेका छन् । उनीहरूले शेख हसिनाको पार्टी अवामी लिगको कार्यालय पनि जलाएका हुन् ।








प्रतिक्रिया