१ श्रावण २०८३, शुक्रबार

जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति जेलबाट छुटे लगत्तै चितवन जाने भएका छन् भने शनिबार २४ कोठीमा विशेष सम्बोधन गर्ने भएका छन् ।

धरौटी राख्ने रकमको बैंक ग्यारेन्टी तयारी भइसकेकाले आजै छुट्ने जनाइएको छ । जेलबाट छुटेपछि सिधैं चितवन जाने कार्यक्रम रहेको लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले जानकारी दिए ।

शनिबार चितवनको २४ कोठीमा कार्यक्रम राखिएको छ । लामिछानेले कार्यक्रमलाई विशेष सम्बोधन गर्ने न्यौपानेले बताए । त्यसपछि मात्रै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनले जानकारी दिए । समय भएमा शनिबार र नत्र आइतबार मात्रै काठमाडौँ फर्किने न्यौपानेको भनाइ छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उनले आफ्नो बिगो बराबरको रकम जम्मा गरेर थुनामुक्त गर्न उच्च अदालतमा निवेदन दिएका थिए । त्यसमा सुनुवाइ गर्दै उच्च अदालतको बुटवल इजलासले धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको हो ।

अब आफ्नो भागमा पर्ने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोको बैंक ग्यारेन्टी बुझाएपछि रिहा हुने अदालतले जनाएको छ ।