काठमाडौं। आज रिहा हुने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौंमै रोकिएका छन् ।
रिहाका लागि रुपन्देही जानुपर्ने भएकामा भैरहवा विमानस्थलमा हुस्सु लागेर विमान जान नसक्दा काठमाडौंमै रोकिएका हुन् । मौसम खुलेपछि लामिछाने भैरहवा जानेछन् ।
उच्च अदालत बुटवलले हिजो लामिछानेलाई बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएको थियो ।
लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएर रिहाइका लागि निवेदन दिनेछन् र २ करोड ७४ लाख रकम बैंक प्रतिनिधिले बुझेपछि कागज गराएर छाडिनेछ ।








प्रतिक्रिया