८ श्रावण २०८३, शुक्रबार

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री यादवले आज दिउँसो ४ बजे मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नियुक्तिपछि संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री यादवले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीले समर्थन गर्दै आएको छ ।

Skip This