३१ जेष्ठ २०८३, आइतबार

एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुन्छ : केपी शर्मा ओली

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सरकारले छोएको दिन देश ठप्प हुने बताएका छन्।

आज अध्यक्षको शपथग्रहणपछि उनले आफूलाई झुटा मुद्दामा फसाउने प्रपञ्च भइरहेको भन्दै आफूलाई छोएको दिन देश ठप्प हुने र सरकार ढल्ने बताएका हुन् ।

उनले भने, ‘एमाले नेतृत्वमाथि भौतिक अनेक प्रकारको जालझेल भए, भौतिक आक्रमणको प्रयास, जाली झूटा मुद्दा लगाउने हल्ला मच्चाइएको छ । म भन्न चाहन्छु, एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढाल्नुपर्छ ।’