३१ असार २०८३, बुधबार

एमाले महाधिवेशन : क-कसले पाए धेरै मत ?

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को निर्वाचन परिणामअनुसार अध्यक्ष केपी शर्मा ओली निर्वाचित भए पनि सर्वाधिक मत भने उपाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेका छन्। पृथ्वीसुब्बा गुरुङ र विष्णु पौडेलले अध्यक्ष ओलीभन्दा बढी मत ल्याएका हुन्।

गुरुङले १७३७ मतसहित सबैभन्दा धेरै प्रतिनिधिको समर्थन पाउँदा पौडेलले १६७५ मत प्राप्त गरे।

अध्यक्ष ओली भने १६६३ मतका साथ तेस्रो स्थानमा रहे। सचिव पदका उम्मेदवार महेश बस्नेतले १५३४ मत ल्याउँदै लोकप्रियतामा चौथो स्थान हासिल गरे।

अन्य शीर्ष १० भित्र पद्मकुमारी अर्याल, रामबहादुर थापा ‘बादल’, छविलाल विश्वकर्मा, शेरधन राई, लेखराज भट्ट र गोकर्ण विष्ट परेका छन्।