३२ असार २०८३, बिहिबार

एमाले महाधिवेशन : मतगणना सुरु, सबै पदको परिणाम एकैसाथ आउने

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । मतगणना केहीबेरअघि सुरु भएको हो ।

अबको केही घण्टाभित्र एकैपटक सबै पदको मतपरिणाम आउने पार्टीको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मतपरिणामपछि आजै शपथग्रहण राखेको छ ।

निर्वाचनमा २ हजार २६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मतदान गरेका थिए ।

अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल, तथा महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा छ ।