२८ आश्विन २०८३, बुधबार

एमाले नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु हुँदै

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को जारी ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना केहीबेरमा सुरु हुँदैछ । मतगणना सुरु भएको करिब २ घण्टामा गणना सकिनेछ ।

मतगणनका लागि अहिले ८० वटा विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । चिप्स निकालिसकेपछि मतगणना सुरु हुने र नतिजा सुनाइने एमालेले जनाएको छ ।

२ हजार २६३ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार २२७ जना प्रतिनिधिहरुले मतदान गरेका छन् । ३६ जना महाधिवेशन प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहे ।

नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।