काठमाडौं । नेकपा (एमाले)को जारी ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान साढे ९ बजेपछि सुरु भएको मतदान केहीबेरअघि सकिएको हो ।
२ हजार २६३ महाधिवेशन प्रतिनिधि रहेकामा २ हजार २२७ मत खसेको छ अर्थात ९८.२७ प्रतिशत मतदान भएको छ ।
३६ जना महाधिवेशन प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहे ।
अब केही समयपछि मतगणना सुरु हुने र नजिता आजै सार्वजनिक हुने बताइएको छ ।













प्रतिक्रिया