२९ आश्विन २०८३, बिहिबार

साफ महिला क्लब च्याम्पियनसिप : नेपाल समूह उपविजेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। विभागीय टोली एपीएफले साफ महिला क्लब च्याम्पियनसिपमा भारतीय क्लब ईस्ट बंगालसँग गोलरहित बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार यी दुई टोलीले बराबरी खेलेका हुन्। दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन्।

यद्यपि, लिग चरणको अन्तिम खेलमा पुन: भिडेका हुन्। तीन खेल खेलेको ईस्ट बंगालले तीनै खेल जित्दै १० अंकका साथ समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

एपीएफले पनि समूह चरणमा सशक्त प्रदर्शन गर्दै फाइनल यात्रा तय गर्‍यो। तीन खेलमा दुई जित र दुई बराबरीसहित ८ अंक जोड्दै एपीएफ दोस्रो स्थानमा छ।