१५ असार २०८३, सोमबार

ध्रुव र मनिषाको ‘मर्छु हजुर’ गीतको भिडियोमा पल र अनिताको जोडी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ ।

बुधबार सुनिल दवाडी नामक युटुब च्यानलबाट रिलिज भएको हो । गीतको भिडियोलाई दर्शकले एकदमै रुचाएका छन् ।

सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडीलाई देख्न सकिन्छ ।

एकअर्काबीचको मायामा गढिएका युवायुवतीको कथामा गीतको भिडियो निर्माण गरिएको छ । गीतको भिडियोलाई चर्चित कोरियोग्राफर तथा निर्देशक विक्रम चौहानले गरेका हुन् ।

गायक ध्रुव बिक र गायिका मनिषा सुनारले गाएको यस गीतमा शब्द संगीत ज्ञानेन्द्र गिरीको छ ।

गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन् । यसअघि अनिता गिरीले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । उनको पहिलो म्युजिक भिडियो भने ‘बैगुनीले गएको थियो छोडेर’रहेको छ । उनी म्युजिक भिडियोमा मात्र सिमित रहेकी छैनन् ।

यस अन्तरालमा आधा दर्जनभन्दा बढी नेपाली फिल्ममा अभियन गरिसकेकी छिन् । फिल्म ‘नम्बरी सुन’, ‘दान्भी’, ‘रावायण’, ‘आउट ल’ लगायतमा उनको अभिनय रहेको छ । जुन फिल्महरु प्रदर्शनमा आइसकेका छन् भने केही आउने तयारीमा रहेको गिरीले बताइन् ।

अनिता पछिल्लो समय व्यस्त मोडल तथा अभिनेत्री समेत हुन् ।