२७ असार २०८३, शनिबार

मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । मधेश प्रदेश सभाको सभामुख चयन गर्नका लागि प्रक्रिया सुरु भएको छ ।

आज (बुधबार) बसेको प्रदेश सभाको बैठकमा उपसभामुख बबिता राउत इशरले रिक्त रहेको सभामुख पदका लागि चयन प्रक्रिया अगाडि बढाइएको जानकारी गराएकी छन् ।

उपसभामुख राउतले आगामी पुस ६ गत्ते आईतबार सभामुख पदका लागि निर्वाचन हुने जानकारी दिएकी हुन् । उनले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोईरालालाई सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशन समेत दिएकी छन् ।

गत मंसिर ३ गत्ते तत्कालिन सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोग बहुमतले पारित भएदेखि सभामुखको पद रिक्त रहेको थियो । प्रदेश सभाको बैठक पुस ४ गत्ते शुक्रबार दिउँसो ४ बसेसम्मका लागि स्थगित भएको छ ।