काठमाडौं । नेकपा (एमाले)को ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदान केहीबेरअघि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो ।
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरिएको छ । कुल २ हजार २६३ जना महाधिवेशन प्रतिनिधिले ३०१ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् ।
अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् ।










प्रतिक्रिया