काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति भनिने राजकुमार तामाङ पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनलाई पक्राउ गरेको हो । उनीमाथि २०६८ फागुन १५ गते काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको आरोप छ । उक्त विष्फोटमा तीन जनाको मृत्यु भएको थियो भने एक जना घाइते समेत भएका थिए।
कर्तव्य ज्यान र ज्यान सम्बन्धी कसूरमा समेत फरार रहेका उनलाई २०६९ असार १२ गते पाँचथरको भुसपातेमा विष्फोटक पदार्थसहित पक्राउ गरेको थियो। उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा छुटेका थिए।
तर उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा भने फरार नै देखिएका थिए। त्यसैले उनलाई पक्राउ गरी अनुसन्धानका लागि पाँचथर पठाएको प्रहरीले जानकारी दिएको हो ।








प्रतिक्रिया