काठमाडौं । चकलेटी नायक आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’ आउँदैछ । यो फिल्मको टिजर सार्वजनिक गरिएको छ ।
सोमबार ओएसआर डिजिटलबाट सार्वजनिक टिजरमा आर्यन फरक अवतारमा देखिएका छन् । फिल्ममा आर्यनसँगै करुणा श्रेष्ठको पनि अभिनय छ ।
बानीमा नेपालको एक युवा र सिक्कीमकी एक युवती बीचको वियोगान्त कथा देख्न सकिन्छ ।
भिडिओमा नेपालको युवा आर्यन हुन् भने उनको सिक्कीमकी युवती करुना श्रेष्ठसँग प्रेम बस्छ । प्रेमपछि आउने उताडचडावलाई रोचक ढंगबाट प्रस्तुत गरिएको छ ।
बानीका यसअघि दुईपोस्टर सार्वजनिक भइसकेका छन् । दुई पोस्टरमा आर्यनलाई एंग्रि ब्वाई र लभर ब्वाई दुईवटै क्यारेक्टरमा प्रस्तुत गरिएको छ ।
फिल्ममा दिनेश क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ । भिडिओ कन्सेप्ट नै दिनेशको हो । भिडिओमा संवाद पनि दिनेशसँगै केशव भट्टराईले लेखेका छन् ।
भिडिओमा आर्यन र करुनासँगै सविन कट्टेल र सुस्मिता श्रेष्ठको पनि अभिनय देख्न पाइनेछ ।
उत्सव दाहालको छायांकन रहेको भिडिओलाई विकास दाहालले सम्पादन गरिरहेका छन् । भिडिओको निर्देशन भने सुब्रत आचार्यले गरेका हुन् । यस फिल्म यही पुस १० गते रिलिज हुने तयारीमा छ ।















प्रतिक्रिया