७ कार्तिक २०८३, शनिबार

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।

पार्टीभित्र देखिएका विवादित विषयहरूमा छलफल गर्न कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित सभापति देउवासँग भेट्न पुगेका हुन्।

भेटका क्रममा कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले जिल्लामा नम्बर नखुलाइएका फारम पठाएको विषयप्रति गम्भीर आपत्ति जनाए। उनले यस्ता फारमका कारण पार्टी संगठनमा अन्योल र विवाद बढेको भन्दै तत्काल फिर्ता गरी स्पष्ट नम्बर उल्लेख भएका नयाँ फारम पठाउन सभापति देउवासँग आग्रह गरे।

अनुशासन समितिले गरेको कारबाहीप्रति पनि ध्यानाकर्षण गराउँदै कोइरालाले सबै कारबाही फुकुवा गरी पार्टी महाधिवेशन तथा आगामी निर्वाचनका लागि नेता कर्मचारीलाई सक्रिय रूपमा खटिनुपर्ने धारणा राखे।

२०७९ सालको निर्वाचनमा गठबन्धनसँग जोडिएका विषयमा अहिले कारबाही गर्नु उपयुक्त नहुने उनको भनाइ थियो।