काठमाडौं । गायिका उर्मिला लाम्गादेको म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’ सार्वजनिक भएको छ । यो गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने संगीत संयोजन विशम आचार्यले गरेका हुन् ।
निर्देशक तथा कोरियोग्राफर केशवराज भट्टको निर्देशनमा तयार गरिएको यस म्युजिक भिडियोमा सम्राट अधिकारी, श्रृष्टि सुब्बा र देवेन्द्र बरालको अभिनय रहेको छ ।
अजय रेग्मीले छायांकन गरेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
ख्रीष्टियन प्रेम, सन्देशलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतको म्युजिक भिडियो स्वयम् गायिका लाम्गादेको युट्युब च्यानल ‘उर्मिला लाम्गादे’मार्फत सार्वजनिक गरिएको हो ।








प्रतिक्रिया