काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली तथा भारतीय नागरिकलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म २ सय र ५ सय दरका भारतीय नोट नेपाल–भारत ल्याउन र लैजान पाउने व्यवस्था गरेको हो।
सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सन् २०१६ नोभेम्बर ९ पछि निष्कासित वैध नोट मात्र चलनचल्तीमा ल्याउन सकिनेछ।
भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले विदेशी विनिमय व्यवस्थापन नियमावली संशोधन गरी ठूला दरका नोट खुला गरेपछि नेपाल सरकारले पनि प्रतिबन्ध हटाएको हो।
भारतले सन् २०१६ मा नोटबन्दी गरेपछि नेपालमा ठूला दरका भारतीय नोटको कारोबार बन्द गरिएको थियो।








प्रतिक्रिया