७ कार्तिक २०८३, शनिबार

सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुर्गा प्रसाईंले सरकारसँग वार्ताका लागि समिति गठन गरेका छन् ।

प्रसाईँले प्रेमदीप लिम्बूको नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिका सदस्यमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर रहेका छन्। यसैगरी, दुई जना अधिवक्तालाई वार्ता सहकर्ता तोकिएको छ। वार्ता सहजकर्तामा विनोदमणि भट्टराई र लबन न्यौपाने छन्।

वार्ता समिति गठन गरेको विषयमा प्रसाईंले सरकारलाई जानकारी पठाएका छन्। सरकारले यसअघि आइतबार नै वार्ता समिति गठन गरेको थियो।