३० असार २०८३, मंगलबार

नेपाली व्यवसायहरूको डिजिटल रूपान्तरणलाई तीव्र बनाउँदै टेलिनेट र सेल्सफोर्स

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको प्रविधि र सञ्चार क्षेत्रका अग्रणीमध्ये एक रमेश कर्प समूहअन्तर्गत पर्ने टेलिनेट प्रालिले विश्वकै अग्रणी कस्टमर रिलेसनसिप म्यानेजमेन्ट (सीआरएम) सेल्सफोर्ससँगको सहकार्यमार्फत नेपाली उद्योग तथा व्यवसायको डिजिटल रूपान्तरणलाई अझ तीव्र बनाउने भएको छ ।

कम्पनीका अनुसार यस साझेदारीले नेपाली व्यवसाय सञ्चालनको तरिकालाई आधुनिक बनाउँदै विश्वस्तरीय डिजिटल समाधान तथा विशेषज्ञ स्थानीय समर्थनको पहुँच उपलब्ध गराउनेछ । अब नेपालका व्यवसायहरूले सम्पूर्ण सेल्सफोर्स प्लेटफर्म तथा स्थानीय सपोर्ट सुविधासहित आफ्नो कामलाई अझ प्रभावकारी बनाउन सक्नेछन् ।

टेलिनेट प्रालि स्थानीय कार्यान्वयन तथा समर्थन साझेदारका रूपमा रहनेछ । यस साझेदारीको माध्यमबाट नेपालका कम्पनीहरूले सेल्सफोर्सका सबै प्रमुख टुलहरू सजिलै अपनाउन सक्नेछन् । टेलिनेट प्रालिले नेपालमै सेल्सफोर्सको सपोर्ट र इम्प्लिमेन्टेशन पार्टनरको रूपमा काम गर्नेछ, जसले व्यवसायहरूलाई एजेन्टफोर्स सेल्स, स्ल्याक र टेबलयु जस्ता सेवाहरू उपयोग गर्न थप सजिलो बनाउनेछ ।

कम्पनीका अनुसार सेल्सफोर्स समाधानले प्रदान गर्ने एकीकृत डिजिटल फाइदाहरूः

– स्मार्ट वृद्धि : एजेन्टफोर्स सेल्सले बिक्री टिमको काम सजिलो बनाउँछ । टिमले सबै ग्राहक जानकारी र अवसरहरू एकै ठाउँमा हेर्न सक्छन, जसले छिटो निर्णय लिन मद्दत गर्छ। दोहोरिने काम कम हुन्छ, ग्राहकलाई छिटो जवाफ दिन सकिन्छ, र एआईले सही सुझाव दिएर व्यवसायलाई छिटो बढ्न मद्दत गर्छ ।

– उन्नत सहकार्य : स्लाकले विखण्डित टिमहरूलाई वास्तविक–समयमा जोडेर सहकार्य बढाउने, कार्यप्रवाह स्वचालित गर्ने र संगठन भित्रका अवरोध हटाउने काम गर्छ । स्लाकले टिमका सबै सदस्यलाई तुरुन्तै जोड्छ । चाहे कोही अफिसमा होस् वा बाहिर, सबैले सन्देश, फाइल र मिटिङ एउटै ठाउँमा व्यवस्थापन गर्न सक्छन् । यसले विभागबीचको दूरी हटाउँछ, काम सजिलो बनाउँछ, र सबैलाई एउटै जानकारीमा एकसाथ काम गर्न सहयोग गर्छ ।

– डेटा आधारित अंतर्दृष्टि : टेबलयुले जटिल डाटा पनि धेरै सजिलो हिसाबले चार्ट, ग्राफ र ड्यासबोर्डको रूपमा देखाउँछ । यसले व्यवसायलाई कहाँ राम्रो भइरहेको छ, कहाँ सुधार गर्नुपर्छ, र ग्राहकका ट्रेन्ड कस्ता छन् भन्ने तुरुन्तै बुझ्न मद्दत गर्छ । यसरी कम्पनीहरूले अनुमान होइन, स्पष्ट डाटाको आधारमा निर्णय लिन सक्छन् ।

सेल्सफोर्सकाका प्रवक्ता प्रवर गौतम भन्छन्, “टेलिनेटसँगको सहकार्यमार्फत नेपालमा हाम्रो उपस्थिति विस्तार गर्न पाउँदा हामी उत्साहित छौँ । एजेण्टिक एआई क्रान्तिका बीच नेपाली व्यवसायहरूले डिजिटल रूपान्तरणलाई गति दिइरहेका छन्, र हामी यस रुपान्तरणलाई उत्कृष्ट ग्राहक अनुभव, उच्च उत्पादकता र दिगो वृद्धि हासिल गर्न मद्दत गर्न प्रतिवद्ध छौँ ।”

टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवाँकुर सूद भन्छन्, “वर्षौँदेखि विश्वस्तरीय डिजिटल उपकरणहरूको प्रभावकारी प्रयोग नेपाली व्यवसायका लागि चुनौती थियो । अब यो चुनौती अन्त्य हुँदैछ । टेलिनेट अब नेपालमा सेल्सफोर्सको अग्रमोर्चा हो । विशेषज्ञ स्थानीय परामर्श, समर्पित प्रशिक्षण, र पूर्ण रूपमा अनुकूलित समाधान उपलब्ध गराउँदै एआई आधारित विश्लेषणदेखि सहज सहकार्यसम्म, हामी नेपाली व्यवसायहरूको चुनौती समाधान र ठूलो मात्रामा वृद्धिका लागि आवश्यक सम्पूर्ण क्षमता प्रदान गर्दैछौँ ।”

सेल्सफोर्स र टेलिनेटले प्रारम्भिक चरणमा प्रमुख आर्थिक क्षेत्रमा लक्षित परामर्श, प्रशिक्षण र छिटो कार्यान्वयन सेवा प्रदान गर्दै द्रुत, प्रभावकारी अपनत्व र मापनयोग्य व्यवसायिक परिणाम सुनिश्चित गर्नेछन् ।