२३ जेष्ठ २०८३, शनिबार

मेटलाइफ नेपालले मनायो २४ औं वार्षिकोत्सव

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेटलाइफ नेपालले यस महिना आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले देशभरका लाखौं मानिसहरूको संरक्षणप्रति संगठनको निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाएको जनाएको छ ।

विगत वर्षहरूमा कम्पनीले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपालीहरूको साथ दिँदै आएको छ । आफ्नो यात्रामा, मेटलाइफ नेपालले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत ग्राहकहरूको पहुँच र सुविधा बढाउने क्षेत्रमा उल्लेखनीय लगानी गरेको छ । यसै क्रममा, कम्पनीले ३६०हेल्थ सेवा र वान बाई मेटलाइफ मोबाइल एपमार्फत स्वास्थ्य व्यवस्थापन सेवा प्रारम्भ गर्ने नेपालकै पहिलो बीमा कम्पनी बनेको छ ।

वैश्विक अनुभव र स्थानीय आवश्यकताको गहिरो बुझाइको संयोजनसँगै मेटलाइफ नेपालले नेपाली परिवारहरूलाई प्रदान गर्दै आएको मार्गदर्शन र समर्थनको स्तरलाई लगातार सुदृढ बनाइरहेको छ ।

इलेना बुटारोभा, हेड अफ मेटलाइफ बंगलादेश, मलेसिया, नेपाल तथा भियतनामले भने, “हामी आगामी वर्षहरूका लागि अझ उत्साहित छौँ। नेपालसँगै बढ्दै, हाम्रा ग्राहकहरूको भविष्यमाथि थप आत्मविश्वास निर्माण गर्ने हाम्रो उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ ।”

यस वर्ष ग्रेट प्लेस टु वर्कू मान्यता प्राप्त गर्न मेटलाइफ नेपालले आफ्ना सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ । साथै, स्वास्थ्य, वित्तीय साक्षरता, शिक्षा, वातावरणीय सचेतना र सामुदायिक उत्थानजस्ता कल्याणकारी पहलहरूमा उनीहरूको समर्पणप्रति कम्पनीले प्रशंसा गरेको छ ।