काठमाडौं । एन्फा वुमन्स च्याम्पियनसिपको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लब र एफसी रियालेले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सोमबार (मंसिर २९) प्रतियोगिताको खेल तालिका सार्वजनिक भएसँगै पुलिस र रियालेले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने तय भएको हो । एन्फाका अनुसार खेल उदयपुरको थरुहट रंगशालामा आगामी माघ ३ गते मध्याह्न १२ बजे हुनेछ ।
प्रतियोगितामा पुलिससँगै अर्काे विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज युनाइटेड, संकटा एफसी, न्युरोड टिम (एनआरटी), गाईघाट एफसी, छाहरी युथ क्लब, आरएस रिसोर्ट र एफसी रियाले गरी कुल १० टिमको सहभागिता रहनेछ । प्रतियोगिता माग ३ देखि १० गतेसम्म हुने बताइएको छ ।








प्रतिक्रिया