१४ असार २०८३, आइतबार

भिजिट भिसा प्रकरणमा म्याग्दीका सीडीओ तिवारी गृह तानिए

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीप्रसाद तिवारी गृह मन्त्रालय तानिएका छन् ।

गृहका अनुसार तिवारी भिजिट भिसा प्रकरणमा अनुसन्धानको घेरामा तानिएपछि सोमबार नै फिर्ता बोलाइएको हो ।

म्याग्दीको सीडीओमा रवीन्द्र आचार्यलाई पठाइएको छ । केही दिनअघिमात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको सचिवालयमाथि समेत अनुसन्धान भइरहेको अभियोजन पत्रमा उल्लेख गरेपछि उनी तानिएका हुन् ।