काठमाडौं । वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) को अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
काठमाडौंको भृकुटीमण्डमा जारी ११औँ महाधिवेशन अन्तर्गत उनले आज उम्मेदवारी दिएका हुन् । यस्तै वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
ओली र पोखरेल आ–आफ्नो प्यानल लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।








प्रतिक्रिया