२५ जेष्ठ २०८३, सोमबार

एमाले अनुशासन आयोगको अध्यक्षमा अधिकारीको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत अनुशासन आयोगको अध्यक्षमा काशीनाथ अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

उनले अध्यक्ष केपी शर्मा ओली प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् । उनी यसअघि संगठन विभाग प्रमुख हुन् ।

पदाधिकारीका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवैले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

यस्तै अध्यक्ष ओली समूहबाट लेखा आयोगको अध्यक्षमा पुष्प कँडेललाई नै दोहोर्‍याउने तयारी छ ।