२१ जेष्ठ २०८३, बिहिबार

कांग्रेस राष्ट्रिय जिम्मेवारीबाट चुक्दा त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने छ : गगन थापा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर राष्ट्रिय शक्ति भएको दावी गरेका छन् ।
सोमबार नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले कांग्रेस राष्ट्रिय शक्ति भएकाले राष्ट्रिय जिम्मेवारीबाट चुक्दा त्यसको मूल्य सिंगो देशले समेत चुकाउनुपर्ने बताए ।

उनले भने,‘अहिले नेपाली कांग्रेसलाई तागत चाहिएको केवल निर्वाचनका लागि मात्रै हैन, निर्वाचन आउँछ जान्छ त्यो अनौैंठो कुरा होइन् । कांग्रेस राष्ट्रिय पार्टी भन्दा पनि राष्ट्रिय शक्ति हो । राष्ट्रिय शक्तिको राष्ट्रिय जिम्मेवारी हुन्छ । राष्ट्रिय शक्ति आफ्नो जिम्मेवारीबाट चुक्यो भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्छ ।’

त्यस्तै महामन्त्री थापाले देश अहिले हिंसाको चपेटामा रहेको बताउँदै जस्तोसुकै मूल्य चुकाएर भएपनि यो हिंसाको आहालबाट नेपाललाई बाहिर निकाल्ने जिम्मा कांग्रेको काँधमा रहेको बताए ।

‘अहिले यत्रो हिंसाको चपेटामा देश छ । अब नेपाली कांग्रेस चुप लागेर बसेर हुँदैन। हामीले जेसुकै मूल्य चुकाएर भएपनि,जति हामीलाई घाँऊ लागेको भएपनि यो हिंसाको आहालबाट नेपाललाई बाहिर निकाल्नुपर्छ,’उनले भने ।

निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम नेपाली कांग्रेसको बताउँदै उनले कांग्रेसले राम्रो काम गरे मतदाताले आफैं पछ्याउने धारणा राखे । भएका गल्ती कमजोरीहरु सुधारेर कांग्रेसले फेरि एकपटक देशलाई सम्हाल्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।