काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्दै कांग्रेसले पुस १ गते देशभरका सबै पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
सोमबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केन्द्रदेखि वडा तहसम्मका कार्यालय बन्द गर्ने र तीन दिनसम्म पार्टीका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो।
बैठकले १३ औँ दिनसम्म शोक पुस्तिका राख्ने तथा सोही दिन उपाध्यायको गृह जिल्ला मोरङमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको छ।
क्यान्सर रोगको उपचारका क्रममा ९१ वर्षको उमेरमा मंसिर २७ गते काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपाध्यायको निधन भएको थियो। कांग्रेसले उनको योगदानको स्मरण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।








प्रतिक्रिया