२४ जेष्ठ २०८३, आइतबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो समिति

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले दुर्गा प्रसाईंसँग वार्ताका लागि समिति गठन गरेको छ ।

प्रसाईसँग वार्ता गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको हो ।

समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य रहेका छन्।

वार्ता समिति गठन गरिएको विषयमा प्रधानमन्त्रीको स्वकीय सचिवालयले प्रसाईंलाई पनि पत्र पठाएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पठाएको पत्रमा महाअभियानका तर्फबाट पनि वार्ताका लागि तीन जना प्रतिनिधि पठाउन अनुरोध गरिएको छ।