९ असार २०८३, मंगलबार

मेलम्ची प्रकरणमा पूर्वसचिव भीम उपाध्यायसहित १७ जनाविरूद्व सर्वोच्च पुग्यो अख्तियार

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।

पूर्वसचिवहरू डा। सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, रुद्रसिंह तामाङसहित बोर्ड सदस्यहरूलाई सफाइ दिएको फैसलामाथि पुनरावलोकन माग गर्दै अख्तियारले आइतबार पुनरावेदन दायर गरेको हो।

पुनरावेदनमा हालै जेनजी आन्दोलनपछि सरकारसँग भएको सम्झौताका हस्ताक्षरकर्ता भोजविक्रम थापालाई समेत प्रतिवादी बनाइएको छ। उनी मेलम्ची प्रकरणमा जोडिएका तत्कालीन उपसचिव हुन्।

पौने ७ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दामा थापामाथि ३२ करोडभन्दा बढी बिगो मागदाबी गरिएको थियो। विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्च पुगेको हो।