५ श्रावण २०८३, मंगलबार

एमालेको पदाधिकारी संख्या फेरि बढाइयो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) ले विधान महाधिवेशनबाट गरिएको संगठनात्मक संरचना सम्बन्धी निर्णय परिवर्तन गरेको छ। पार्टीले पदाधिकारी संख्या बढाउँदै स्थायी कमिटीलाई यथावत् राख्ने निर्णय गरेको हो।

यसअघि विधान महाधिवेशनले पदाधिकारी १५ मा सीमित गर्ने र स्थायी कमिटी नराख्ने व्यवस्था गरेको थियो। तर हाल अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पदाधिकारी संख्या १९ कायम गरिएको छ।

नयाँ संरचनाअनुसार अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन्। साथै ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गरिएको हो ।

यससँगै एमालेको केन्द्रीय कमिटी पुनः ३०१ सदस्यीय बनेको छ, जुन संख्या विधान महाधिवेशनअघि पनि कायम थियो।