काठमाडौं । हाइकिङका क्रममा अचानक अस्वस्थ भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको शल्यक्रिया सफल भएको छ। हाल उनी धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन्।
चम्पादेवी क्षेत्रमा हाइकिङ गरिरहेका बेला राजदूत श्रीवास्तव अचेत भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको थियो। चिकित्सकका अनुसार उनको मुटुको देब्रे नसामा अवरोध देखिएपछि स्टेन्ट राखेर उपचार गरिएको हो।
अस्पतालले शल्यक्रियापछि राजदूतको अवस्था स्थिर रहेको जनाएको छ। उद्धार कार्यमा सुरक्षाकर्मीहरूलाई दुर्गम भूभागका कारण केही कठिनाइ भए पनि समयमै अस्पताल पुर्याउन सफल भएको जनाइएको छ।
उनीसँग हाइकिङका क्रममा भारतीय दूतावासका अन्य अधिकारीहरू पनि सहभागी थिए।









प्रतिक्रिया