काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।
आज टीयु क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम रोल्यसलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको थियो। जवाफी ब्याटिङ गरेको लुम्बिनीले ८६ रनको लक्ष्य नवौँ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरे। उनले १३ बलमा ४२ रनको पारी खेले।
अर्का ओपनर डार्सी शटले १३ बलमा १४ रनको योगदान गरे भने नटआउट रहेका निरोशन डिकवेलाले १२ बलमा ११ रन बनाए। त्यसैगरी कप्तान रोहित पौडेलले १२ बलमा १६ रन बनाए। सन्दिप जोरा भने शून्य रनमा आउट भए।
लुम्बिनीका लागि अर्का नटआउट दिलिप नाथले १ रन बनाए। लुम्बिनीले २ अतिरिक्त रन पाएको थियो। बलिङतर्फ सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। सुदूरका लागि हेमन्त धामीको नाममा २ र अविनाश बोहराको नाममा १ विकेट रह्यो।








प्रतिक्रिया