२९ आश्विन २०८३, बिहिबार

उपाधिका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो जम्मा ८६ रनको लक्ष्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सले ८६ रनको लक्ष्य दिएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटियो । सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए ।

विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए । हेमन्त धामी ७ रनमा अविजित रहे ।

बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे । रोहित एनपीएलमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि काठमाण्डु गोर्खाजका शाहव आलमले ह्याट्रिक पूरा गरेका थिए ।

लुम्बिनीका लागि शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३—३ र तिलक भण्डारीले एक विकेट लिए ।