काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ आन्दोलनका क्रममा भएको हिंसाका लागि उक्साहट गर्ने समूह जिम्मेवार रहेको बताएका छन्। उनका अनुसार आन्दोलनमा युवालाई अगाडि सारेर राज्य संरचनामाथि आगजनी गरिँदा दुःखद मानवीय क्षति भएको हो।
एमालेको ११औँ महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै ओलीले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएपछि अवस्था नियन्त्रणबाहिर गएको उल्लेख गरे। उनले हिंसा भड्काउने क्रियाकलापकै कारण युवा विद्यार्थीको ज्यान जान पुगेको बताए।
ओलीले युवाका मागप्रति पार्टीको विरोध नरहेको स्पष्ट गर्दै सामाजिक सञ्जाल बन्द गर्ने नभई उचित नियमन मात्र गर्न खोजिएको धारणा राखे। उनका अनुसार आन्दोलन शान्तिपूर्ण रहँदासम्म सबै पक्ष सहमत थिए तर अराजकताले स्थिति बिगारेको हो।








प्रतिक्रिया