काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र ’अजेय’ रहेको बताएका छन् । एमाले सकियो भन्नेहरूलाई महाधिवेशनका लागि जम्मा भएको जनसागरले जवाफ दिएको उनले बताए ।
आज पार्टीको ११औँ महाधिवेशन उद्घाटनमा सम्बोधन गर्दै ओलीले भने, “धुवाँ, खरानी र आक्रोशका प्रहार सहँदै नेकपा एमालेको यो जनसागर जो उर्लिएको छ, यसका आधारमा म भन्छु – लोकतन्त्र अजेय छ । एमाले अजम्बरी छ ।”
उनले एमाले सकियो भन्नेहरूले सभामा उपस्थितहरू हेरेर ठूलो सभा गरेछ भनेर मात्र नपुग्ने बताए ।
“नेकपा एमालेले ठूलो सभा ग¥यो भन्ने÷सुन्नेले यो सभामा उपस्थितहरू मात्र एमाले हुन् भन्ने नठानोस्,” ओलीले भने, “यो एमालेको महाशागरको एउटा थोपा मात्र हो ।”








प्रतिक्रिया