२१ जेष्ठ २०८३, बिहिबार

एसिया कप : नेपालले श्रीलङ्कालाई दियो ८३ रनको लक्ष्य

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपमा श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको छ ।

दुबईको द सेभेन्स रङ्गशाला जारी खेलमा श्रीलङ्कासँग निकै कमजोर प्रदर्शन गर्दै नेपाल २८ दशमलव ५ ओभरमा ८२ रनमै अलआउट भएको हो ।

श्रीलङ्काका सेथ्मिका सेनेविरत्नले ९।५ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै नेपालको इनिङ्स ध्वस्त पारे ।

यही मङ्सिर २६ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् ।

नेपाल समूह ‘बी’ मा छ । नेपालसँगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया छन् ।